------------------------------------ -----------------------------------

At Sikkim

Have a fun

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Wednesday, September 6, 2017

History of Computer in Nepal


        The first computer brought in Nepal was IBM 1401 which was brought by the Government in lease for the population census of 1972 (2028 BS). Later in 1975 (2031 BS)Yantrik Sarinikaran Kendra (Electronic Data Processing Center) was established which was later called as National Computer Center (NCC). Again for the population census of 2038 BS ICL 2950/10 computer having 64 terminals was brought in Nepal by the aid of UNDP. After 2039 B.S. Microcomputer like; Apple, Vector, Sirius were introduced in the capital. From that time computers have been used in different Government sectors like banking, agriculture, universities etc. Now there are thousands of computers institutes providing computer educations, assembling, maintenance etc. throughout the kingdom of Nepal. Now a day in every sector there the people use computer to do the work easier.

Sunday, August 6, 2017

धर्म रुपान्तरण र सरस्वती पुजा


(सन्दर्भःसरस्वती पूजा)         धर्म रूपान्तरण र सरस्वती पूजा          





                           
                                                  
                                                     
                                               
                                                                                                                                                                                                                                                                                                              (वत्सल भट्टराई)
                                                (सत्य घटनामा अाधारित)  
                         म ब्रिटिस तथा अमेरिकन अगेंजीको काउन्सिलर र ट्रेनर । विहान ६ बजेको क्लास सकेर सवै विद्यार्थीहरुलाई भन्दै थिए आज माघ शूक्ल पञ्चमी सरस्वती पुजा को अघिल्लो दिन भोली सरस्वती पुजा । सवैले विहानै नुहाई ध्वाइ गरेर आई सरस्वती माताको पुजा अर्चना गर्ने अनि पुजा गरी सकेपछी पढाई हन्छ । सवैले कपी र पुस्तक वोकेर आउने  । केही विद्यार्थीहरुले प्रश्न गरेसर सरस्वती पुजाको दिन पढाई हन्छ ? हाम्रो स्कुल मा त पुजा गरेर पो छुट्टी हुन्छ । मैले भनेपुजा गरेर पढे झन राम्रो आउछ । सरस्वती पुजाको दिन पढ्दा झन पो विद्या वुद्धि बढने हुन्छ त । दिनै पिच्छे पढ्यो भनेपो ध्यान पढाई तिरै जान्छ त । यस्तो बन्द हड्ताल, विभिन्न चाडपर्व, महिनामा चार वटा शनिवार अनि कसरी पढाई पुरा हुनु कसरी दक्ष भइन्छ र । मैले भन्दै लगे, यस्तै हो भने ३६५ दिनमा ६५ दिन मात्रै पढाई ३०० दिन चै विदा नै हुने हुन्छ । भोली पनी पढ्नु पर्छ है त्यस्तै हुदा मात्रै माईन्ड पढाई तिरै जान्छ । सवैले एकै स्वरमा भने हुन्छ सर । तर ति मध्य दुईटी केटी दिदि बहिनी छेउमै आएर मलाइ भने हामी भोली आउदैनौ होला । मैले सोधे किन र ? सर, हामीलाई बुवाले आउन दिनु हुन्न । म अचम्ममा परे र सोधे, वुवाले किन आउन दिनु हुन्न र ? यत्रो ठुलो पर्व हाम्रो सम्पुर्ण विद्याकी देवी सरस्वतीको पुजा हुने र पढाई पनी त हुनेछ नि । उनीहरुले भने हामी त क्रिश्चीयन हौ । म झन छक्क परे । अरे तिमीहरु अमेरीका की बेलायतमा जन्मेका, मैले झट्ट सोधी हाले । उनीहरु एक छिन सम्म मरिमरि हांसे । होईन सर हामीलाई घरबाट पुजा गर्न दिनुहुन्न त्यसैले आउदैनौहोला उनीहरुले भने । लगतै म एकछिन गम्भिर भएर सोचे, उनीहरुलाई हरिरहे, मलाई जाडो याममा पनि चटचट् पसिना आउन थाल्यो त्यो पनि विहानै, मुख पनि सुक्यो कारण ति १३, १४ बर्षका अवोध बालिका यसरी धर्म परिवर्तनका शिकार भएका । म केहि बोल्न सकिन अक्कन बक्क भए । मैले फेरी भने होईन नानी हो, यी सरस्वती विद्याकी देवी हुन यिनको पुजा गरिनुपर्छ । आखिर हामी सबै सबै नेपाली हौ, हामी हिन्दु हौ । तिम्रो बुबा आमा अनि तिमी पनि जन्मजात हिन्दु हौ । अनि हाम्रो देश वरिपरि जम्मुदिपले घेरिएको क्षेत्रमा हामी जन्मेका सबै नेपाली तथा भारतिय हिन्दु मानिन्छन् । फेरी तिमी कसरी क्रिश्चियन भयौ र ? आखिर बिचमा धर्म परिवर्तन गर्दा तिम्रो मस्तिष्क परिवर्तन भयो र? तिमी बसेको समाज सुध्रियो र?– मैले सोधे । छैन सर, दिदी बहिनीले भने समाज झन् बिखण्डीत हुंदैछ सर, हामीले यस समाजसगं सगंै बसेर गर्ने व्यवहार फरक भएकोले हामीले धेरै अफ्ठयारो महसुस गर्नु परेको छ । हामीलाई अझै पनि सबै साथीहरु सगैं बसेर पुजा गर्न मन छ । प्रत्येक मन्दिर गएर देवि देवताको पुजा गर्न मन छ । तर घरको कारणले हामीलाई पुजा गर्न जान ग्राहो हुन्छ । मैले उनीहरुलाई भने त्यसो भए ठिक छ, तिमीहरु अहिलेलाई घर जाउ, बरु बुबालाई यहां पठाईदेउ, बुबा सगं म कुराकानी गर्छु । हुन्छ सर, उनीहरुले भने । त्यसपछि म क्लास भित्र पसे ।
                       तेस्रो पिरियड पढाईसके पछि यसो घडि  हेरको त विहानको ११ बजिसकेको थियो । एक जना अधवैंसे मान्छे आएर मेरो अफिसमा बसिरहेका रहेछन् । मैले सोधे हजुर के का लागि आउनुभएको हो रु उनले भने म सविना र सविताको बुबा । विहान सरले भेटन् पठाईदिनु भनेर भन्नु भएको रहेछ छोरीहरुलाई, अनि म आएको सर । म झसंग भए र भने ओहो, तपाई धन्न आईपुग्नु भो । मैले अफिस कोठामा बसाए, बेली विस्तार लगाउंदै भने भोली सरस्वती पुजाको दिन । तपाईका नानीहरुलाई पूजा गर्नको लागि र पढन् पनि पठाईदिनुहोला । उनीले म तर्फ अनौठौ मान्दै हेरे र भने सर हामी त क्रिश्चियन हौ । पुजा गर्दैनौ, फेरी कसरी पठाउनु र सर रु । मैले भने किन हाम्रा देवि देवता प्रति आस्था छैन र रु छ नी सर, उनीले पूरा सोधी नसक्दै भनीहाले । तपाईले कहिले देखि धर्म परिवर्तन गर्नु भएको रु हामीलाई मन्दिरमा पसेर पुजा गर्ने अनुमति छैन, कसले दिने र । हाम्रो पिता पुर्खाहरुले भोगेको अवस्था देखेर हामीलाई आंट आउदैन सर, आंशु चुहाउंदै उनले भने । नरुनु होस त्यसरी, मैले विस्तारै भने । अनि त्यसैले म जस्ता प्रायले धर्म परिवर्तन गरेका छन् सर, उनी भन्दै गए तिनीहरुले गराएका हुन् सर हामीलाई धर्म परिवर्तन, गाउं गाउंमा बाईबलका पुस्तक बोकेर आए शुरुमा त । अनि पछिल्ला दिनहरुमा पनि घर घरै पिच्छे पस्दै निःशूल्क पुस्तक बाडदै अनेक थरी आशा देखाउन थाले । छोरा छोरीलाई स्कुल कलेज पढाईदिने, ठुला भएपछि जागिर लगाईदिने अनि पैसा पनि दिने । त्यसो भएपछि हाम्रो मन त्यतैतिर गयो सर । मैले भने अनि तपाईले ठुलो पाप गर्नुभएछ । यो त पाप भन्दा पनि महापाप हो । किन र सर, उनले आंशु पुछ्दै भने । धर्मो रक्षतिः रक्षिता। अर्थात, स्वधर्मले नै सबैको रक्षा गर्छ । आज तपाईले आफ्नो धर्म पनि अर्कालाई बेचिदिनु भएछ । भोलि आफ्नी आमालाई बेच्नु हुन्छ होला अनि पर्सि आफनो देशलाई पनि बेच्नु हुन्छ होला । उनीले झस्कदै भने, किन त्यसो भन्नु भएको सर रु आखिर हामीले के नै पो गल्ति गरेका छौं र रु । हामीलाई सम्हाल्ने, हाम्रो वेदना सुन्ने कोही थिएन त्यति खेर । हामीलाई सबैले हेपाईको दृष्टिकोणले हेर्थे । मैले भने हेर्नुस, पहिलाको र अहिलेको समय मिल्दैन । अहिले समाजमा धेरै सुधार आईसकेको छ । अहिले सबै मान्छेहरु बुझ्ने भएका छन् । आंफुलाई दलित र हेपिएको भन्नेहरु राज्यका ठाउं ठाउंमा पुगेका छन् । देशमा कोहि गायक छन् त कोहि नायक छन्, कोहि समाजसेवी छन् त कोही प्रतिष्ठित छन्, कोही धनाड्य छन् त कोहि सिपालु अनि कोहि इमान्दार र मेहेनति छन् । सम्पूर्ण कलामा धनी छन् । कोहि लेखक त कोहि बुद्धिजिवी छन् अनि कोहि सभासद र मन्त्री पनि त छन् । उनी अझै झस्कदै अनि गम्भिर हुंदै म तिर हेरिरहे । म भन्दै गए हेर्नुस, तपाईको आफ्नो धर्म वैदिक सनातन हिन्दु धर्म हो । तपाईका बाबु बराजुहरु सबै जन्मजात हिन्दु हुन् । यो दलित, धनी, गरिब, वैश्य, शुद्र सबै मान्छेले बनाएका मात्र हुन् । हामीले नै यसलाई परिवर्तन गर्नुपर्छ । हामीले धर्म परिवर्तन गरेर हाम्रो मस्तिष्क कदापि परिवर्तन हुंदैन । बरु झन् समाजमा फाटो आउंछ । तपाईलाई थाहा छैन होला, ईसाइहरुले धर्म परिर्वतन गराएर विश्वका धेरै मुलुकहरु टुक्रयाएका छन् । एउटै घरको भाईभाईलाई छुट्याएर छिन्नभिन्न पारेका छन् । ससांर भरका मानिसहरुलाई क्रिश्चियन बनाउन खोज्दा विश्वको आधा जनसंख्यालाई ढांटेर, छलेर, दिग्भ्रमित पारेर मूर्ख बनाउने दुष्प्रयास गरे भने आधा जनसंख्यालाई पाखण्डी बनाए । अनि तपाईलाई थाहा छ, ससांरका धेरै मुलुकहरु ईसाइ मुलुक छन्, अन्य धेरै मुलुकहरु मुस्लिम मुलुक छन्, तर विश्वकै एक मात्र हाम्रो हिन्दु राष्ट्र नेपाल हुंदा के फरक पर्छ त रु पश्चिमा गोलार्धबाट शुरु गरिएको इसाई साम्राज्यवादी मिसनरीहरुले इसाई प्रवृति लादिरहेका छन् कहिले पैसा दिएर त कहिले छोराछोरीलाई पढाईदिने बहानामा, कहिले हिन्दु विरोधी प्रवचन दिएर त कहिले मुलुकको कमजोरीपनको फाईदा लिएर । उनीहरु किनिरहेकाछन् यो मुलुकलाई र हामी बेचिरहेका छौ हाम्रो धर्म संस्कृतिलाई । विश्वका करिब २ करोड मानिसहरुलाई इसाई बनिन नचाहेकोमा जबरजस्ती हत्या गर्ने इसाई प्रवृति पट्टि किन लाग्नु भएको रु म प्रश्न सोध्दै थिए उनीलाई । ससांरको सबै भन्दा प्राचिन ५००० वर्ष अगाडिको धर्म किन छाड्नु भएको रु विश्वका जनसंख्या सवा ६ अर्ब मध्ये हामी हिन्दु २ अर्ब ७० करोड छौं । वैदिककाल देखि ऋषिमुनिहरुले तपस्या गर्दै आएको भुमी हो यो । शिव, कृष्ण, रामजानकी र बुद्धको देश हो यो । अंग्रेजी साहित्यकार अलडस हक्सले भनेका छन् शाश्वत दर्शनको सुस्पष्ट एवम् सर्वस्व सार गीता हो । यस दर्शनको चिन्तन महत्व सम्पूर्ण मानव जातिका निम्ति अमूल्य छ । र प्रशिद्ध अंग्रेजी साहित्यकार जर्ज बर्नाड शाले भनेका छन् जसको शिक्षाको आधार बाईबल छ ती मानिस पूर्णतः कुसुचित छन् र सबै प्रकारले अयोग्य छन् । म अझ अरु कुरा सुनाउदै गएआफनो स्वधर्म त आत्मिक तथा मानसिक उन्नतिको आधार हो । गांस, बास र कपासका लागि त्यसलाई बेचिनु हुदैन । किनेको धर्मले बाचुञ्जेल तपाईलाई शान्ति मिल्दैन । तपाईका सन्ततिहरुले पछि गएर आफ्नो स्वधर्म तथा देश र भेष अनुसारको आफनोपनको धर्म खोज्ने छन् । अनि फेरी धर्म परिवर्तनले अहिले सम्म चलिआएको उचो निचोको भावनालाई कदापि मेट्न सक्दैन । तर पहिलेको भन्दा उचनिचको भावना अहिले त्यति देखिदैन । मिहिनेत, इमान्दारिता, अरु प्रतिको सम्मान र काम प्रतिको झुकावले नै मानिसलाई उचोनिचोको भावना मनमा रहन दिदैन । मानिसलाई अव जातले होईन कर्मले नापिनु पर्छ । निरन्तर प्रश्न सोध्दैथिए उनलाई तपाईलाई कुनै पश्चाताप छैन अझै रु उनी भक्कानिदै रुंदै भनिरहे, सर आज तपाईले मेरो आंखा खोलिदिनुभो । अब मैले पश्चताप् गरे । मैले मेरो आमा समानको मेरो स्वधर्मलाई छोडेकोमा मलाई धिक्कार छ । सर, मेरो त्यतिखेर बाध्यता थियो । अहिले पनि मेरी छोरीहरु अरु साथीहरुसंगै अर्जुनधारा घुम्न जाने भन्छन् , पुजा गर्ने भन्छन् तर मेरो मनको यो बनावटी धर्मले रोकीदिन्छ । उनीहरुको मन हुंदा हुंदै पनि मैले उनीहरुको ईच्छालाई थुनेर राखे । म जस्तो बाबुलाई धिक्कार छ, उनी रुदंै भन्दै थिए । आफुलाई त्यतिसाह्रो लज्जित नपार्नुहोस मैले भने भैगो अब तपाईले प्रायश्चित गर्नुभयो । गल्ति हामी सबैको छ । दलित भनेर हेप्ने यो समाजको गल्ति छ । एउटै मानव जाति भएर पनि पुजा गर्न मन्दिर पस्न नदिने कुसंस्कृति र कुपरम्पराको गल्ति छ । सम्पूर्ण मानव जाति एउटै हो केवल स्त्री र पुरुषमा मात्र फरक छौ यि कुरा मनन नगर्नेको गल्ति छ । आफुलाई संधै ओहोदामा राखिराख्ने र वेद, शास्त्र, धर्मग्रन्थका पुस्तक पढेपनि आफुमा घमण्डपन देखाउने उचोनिचको व्यवहार गर्नेको गल्ति छ समाजमा । वेद तथा शास्त्रमा कहिपनि दलित र गैर दलित को व्याख्या छैन र असमान व्यवहारको उजागर गरिएको छैन । हाम्रो यो हिन्दु धर्म त संसारकै उत्कृष्ट मानिन्छ, सबैलाई समान रुपमा हेरेर अध्यात्म र ज्ञान विज्ञानको बाटो बाट सत्कर्ममा लगाईराख्ने प्रेरणा दिन्छ । हिन्दु दर्शन एउटा विज्ञान हो । चार वेद अमुल्य ग्रन्थ हुन् । हामीलाई बाच्न, सत्कर्म गर्न, परिश्रम, आहार विहार र सम्मान गर्न सिकाउने । उनी टवाल्ल परेर हेरिरहे । म भन्दै थिए आज यूरोप तथा अमेरिकाले हाम्रो वेद विज्ञानलाई लगेर रकेट बनायो, विभिन्न विज्ञानका चमात्कारहरु गरे तर हामीले आफ्नो भएर पनि प्रयोग गर्न जानेनौ । हाम्रो वेद, शास्त्रको बारेमा वैज्ञानिकता सम्वत् रहेको कुरा गुरु पण्डितले प्रस्टाउन सकेनन् वा विदेशी पैसाको लोभमा सबै धर्मग्रन्थहरु बेचिए । हाम्रा पुरातात्विक कलाकौशल, देवि देवताका मुर्तिहरु विश्वका अन्य मुलुकका म्यूजियममा राखिन्छन् र अन्य देशका पर्यटकहरु गई पैसा तिरेर हेर्छन ।  उनीहरु हाम्रो कलाकौशल लगेर पैसा कमाईरहेछन् हामी तिनीहरुलाई भत्काइरहेछौ । उनीहरु हिन्दुदशर्न भित्रको ग्रन्थ लगेर अझ सभ्य र अनुशासित बन्दैछन्, हनुमान चालिसा लगेर रहस्य खोजीगर्दैछन्, वेद लगेर संसारलाई नियन्त्रण गर्न खोज्दैछन् । उनी ग्रन्थमा भएका मुल तत्वहरु समेटेर विश्वविद्यालयको लागि कोर्ष निर्माण गर्दैछन् । सानै कक्षा देखि सस्ंकृत पढाईरहेकाछन् । आज उनीहरु पनि हाम्रो हिन्दुदर्शन प्रति आर्कषित भएका छन् । किनकि गिताको सारमा सम्पूर्ण जगतका तत्व भेटेका छन् उनीहरुले । संसारकै प्राचिन धर्म र बैज्ञानिक धर्म भनेर घोषित गरेका छन् भने तपाईले किन यसरी धर्म परिवर्तन गर्नुभएको रु मैले प्रश्न सोधे भयो सर भयो अब मैले सबै कुरा बुझे । अब अन्य मेरा साथीहरुलाई पनि म सम्झाउंछु । उनीहरुले पनि एकदिन म जस्तै गरि बुझ्ने नै छन् सर । म आज देखी नै यो क्रिश्चियन धर्मलाई त्यागी दिन्छु । सर, म मेरी दुईटी छोरीलाई भोली सरस्वती माताको पुजा गर्न पठाउंछु । सरस्वती माताले उनीहरुको कल्याण गरुन सर । हुन्छ पठाईदिनुहोला । अव उप्रान्त कसैले कसैलाई पनि दलित भनेर हेप्न पाउने छैन । सबैले समान व्यवहार पाउनेछन् । तर तपाईले पनि म दलित हुं भन्ने भन्दा पनि म यो देशको एक नागरिक हुं भन्ने भावना जगाउनु पर्छ है । अनि तपाईको नाम चाहि सोधन भुलेछु, परिचय पाउ न । सर मेरो नाम चाही सिताराम हो । ए, यो नाम चाही कसले राखिदिएको अनि रु कसले हुन्छ र बुबा आमाले नि सर भन्दै उनी घरतिर लागे । सर आयल्स क्लास शुरु गर्ने होइन, एउटा विद्यार्थी पर्दा उघाएर भन्दैथियो, किनकी दिउंसोको १ बजिसकेको थियो ।
                                                                     वत्सल भट्टराई
                              (लेखक पूर्व सञ्चारकर्मी तथा विश्व हिन्दु महासंघ झापाका सदस्य हुनुहुन्छ ।)